थप ९ जनामा कोरोना संक्रमण, काठमाडौंमा थपिए संक्रमित

काठमाडौं, २ जेठ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणका क्रममा थप ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ कोरोना पुष्टि हुनेमा पर्साको वीरगन्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, उदयपुरको त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा-४,५ र तुल्सीपुर-७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष, काठमाडौ सतुंगल निवासी ७ वर्षीय बालकमा कोरोना देखिएको जनाइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ। हालसम्म ३६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here