‘भ्याक्सिन बनोस् वा नबनोस् लकडाउन खोलिन्छ’-राष्ट्रपति डोनाल्ड ट्रम्प

काठमाडौं, ३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्धको खोप तयार नभए पनि लकडाउन हटाउने बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले भने ‘म केही कुरा प्रस्ट पार्न चाहन्छु, यो निकै महत्वपूर्ण छ । भ्याक्सिन होस् वा नहोस् हामी फर्किनेछौं ।

’यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने समेत बताए । विश्वभरीका वैज्ञानिकहरु यो महामारीको भ्याक्सिन बनाउन खटिइरहेका बेला अमेरिकाले आफ्नै प्रयासमा भ्याक्सिन बनाउन ‘अपरेशन वार्प स्पिड’ सुरु गरेको औपचारिक घोषणा भइसकेको छ ।

पछिल्लो समय धेरैले विश्व्को जीवन पुरानै अवस्थामा फर्किनको लागि भ्याक्नि एकमात्र बाटो भएको धारणा राखिरहँदा शुक्रबार राष्ट्रपति ट्रम्पले भने आफू यो धारणासँग सहमत नभएको प्रस्ट पारे । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here