थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं, ३ जेठ । नेपालमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका हुन् ।

संक्रमितहरु बर्दिया नार्सु ११ का २८ वर्षकी महिला, सिराहा सखुरा १९ का ३० वर्षीय पुरूष, पर्सा वीरगन्ज १२ का २८ र २९ वर्षीय पुरूष, सर्लाही रामनगर ४ की १८ वर्षीय युवती र चितवन गढौली १ की २५ वर्षीया महिलामा रहेका छन् ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here