भारतले नेपाललाई दियो ३० हजार पीसीआर टेस्ट किट

काठमाडौं, ४ जेठ । भारत सरकारले नेपाललाई कोरोना परीक्षणका लागि आवश्यक पीसीआर टेस्ट किट सहयोग गरेको छ। भारतका राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन्।

भारतीय दूतावासका अनुसार भारतको पुणेमा निर्मित पीसीआर टेस्ट किटबाट ३० हजारको परीक्षण हुनेछ । यसअघि भारतले नेपाललाई प्यारासिटामोल र हाइड्रोअक्सिक्लोरोक्विन सहयोग गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here