भारतमा कोरोनाबाट मृत्यु हुने तीन हजार नाघ्यो, एकैदिन पाँच हजार संक्रमित फेला

काठमाडौं, ५ जेठ । आइतबारमा कोरोना संक्रमितको संख्या ९५ हजार नाघेको छ । एकै दिन भारतमा पाँच हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेसँगै संक्रमितको संख्या ९५ हजार ६ सय ९८ पुगेको वल्डओमिटरले जनाएको छ।

कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा ३ हजार २५ जनाले ज्यान गुमाइसकेका छन्। आइतबार मात्रै भारतमा १ सय ५४ जनाले ज्यान गुमाएका छन्। संक्रमितमध्ये ३६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख १६ हजार ५ सय १४ पुगेको छ। आइतबार संक्रमणबाट विश्वभर ३ हजार ६ सय १२ जनाले ज्यान गुमाएका छन्।

संक्रमितको संख्या ४७ लाख ९८ हजार ९ सय ५४ पुगेको छ। आइतबार एकै दिन विश्वभर गरेर ८१ हजार ९ सय ४५ जना नयाँ संक्रमित थपिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here