टोलटोलमा बन्द भएको बाटो खुलाउन प्रहरी परिचालन

काठमाडौं, ५ जेठ । सरकारले टोलटोलमा बन्द भएको बाटो खुलाउन प्रहरी परिचालन गरेको छ ।

गृह मन्त्रालयले आइतवार विज्ञप्ति जारी गर्दै बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने तथा आवागमनमा अवरोध नपुर्‍याउन निर्देशन दिएसँगै प्रहरीले बाटोको अवरोध हटाउन थालेको हो।

काठमाडौंमा कोरोना संक्रमित देखिएपछि सुरक्षा सतर्कताको नाममा टोलबासीले टोलमा बन्द गरेका थिए । टोलमा प्रवेश निषेध गरिएकोले अत्यबाश्यक काममा हिंँड्ने मानिस र सवारीलाई समेत समस्या परेको जनगुनासो बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here