कर्णाली प्रदेशमा पनि देखियो कोरोना, थप दुई जिल्लामा इन्ट्री

काठमाडौं, ५ जेठ । कर्णाली प्रदेशमा पहिलोपटक एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। दैलेखको आठविसकोट नगरपालिका–१, साततलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।

मन्त्रालयका अनुसार उनको अवस्था सामान्य छ। स्वास्थ्यकर्मीको सम्पर्कमा छन्।

सोमबार बिहान सुर्खेतमा रहेको जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा पहिलोपटक कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि नेपालगन्ज पठाइएको थियो। योसँगै संक्रमितको संख्या ३७५ पुगेको छ।

जसमा दुई नयाँ जिल्ला थप भएका छन्। पूर्वी खोटाङ र कर्णालीको दैलेखमा नयाँ संक्रमित फेला परेका हुन्। यो सँगै संक्रमण फैलिएका जिल्ला ३३ पुगेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here