कोरोनाबाट ३ लाख १९ हजारको मृत्यु, १९ लाख संक्रमण मुक्त

काठमाडौं, ६ जेठ । कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख नाघेको छ । विश्वभर ४८ लाख ८५ हजार ९४५ जना संक्रमित भएका छन् ।जसमध्ये १९ लाख ३ हजार २०० जना संक्रमण मुक्त भएका हुन् ।

विश्वभर ३ लाख १९ हजार ८३८ जनाको मृत्यु भएको छ ।बितेको २४ घण्टामा ३ हजार ३१८ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।

२६ लाख ६२ हजार ९०७ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ७५४ जनाको अवस्था गम्भीर छ । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९१ हजार ९ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ५० हजार ८३ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here