भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौं, ६ जेठ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। सोमबार भारतमा चार हजार ६ सय ३० जना नयाँ संक्रमित थपिएसँगै एक लाख तीन सय २८ जना पुगेको वल्डओमिटरले जनाएको छ।

कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म ३१ सय ५६ जनाको मृत्यु भएको छ। सोमबार मात्रै भारतमा १ सय ३१ जनाले ज्यान गुमाएका छन्।

आइतबार एकै दिन भारतमा पाँच हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका थिए। संक्रमितमध्ये अहिलेसम्म भारतमा ३९ हजार २ सय ३३ जना उपचारपछि निको भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here