कोरोनाविरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएको दाबी

कठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड(१९) विरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप सफल भएको दाबी गरिएको छ ।

नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको यो खोपले अपेक्षा गरिएभन्दा बढी काम गरेको वैज्ञानिकले बताएका छन्।

एमआरएनए(१२७३ नामक खोपले शरीरमा असर पनि कम गरेको पाइएको मोडेर्नाले सोमबार साँझ जानकारी दिएको हो।

बिजनेस इनसाडरका अनुसार उक्त खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर भएको पाइएको छ । खोपको सुरुवाती परीक्षण आशाजनक रहेको बताइएको छ ।

मोडर्नाका अनुसार गत मार्चमा परीक्षण सुरु गरिएको यो खोप ती ८ मानिसमा दुईपटक लगाइएको थियो र त्यसले रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको पाइयो।

त्यो एन्टिबडी प्रयोगशालामा परीक्षण गर्दा त्यसले शरीरभित्र कोरोना भाइरस फैलिनबाट रोक्न सक्ने देखिएको कम्पनीले जनाएको छ।

खोपको मात्रा दिइएकाको शरीरमा एन्टिबडी बनेको कम्पनीले जनाएको छ । त्यो एन्टिबडीलाई प्रयोगशालामा परीक्षण गर्दा त्यसले भाइरसको प्रतिरुप बन्नबाट रोक्न सक्षम देखिएको थियो । त्यसपछि कोरोना भाइरसको सङ्क्रमणबाट निको भएकाको एन्टिबडीसँग यो एन्टिबडी मिलाइएको थियो ।

मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले तत्काल अब योभन्दा उत्तम नतिजाको आशा गर्न नसकिने दाबी गरेका छन् । तर यो खोप थप परीक्षणपछि मात्र बजारमा आउन सक्ने कम्पनीका प्रमुख मेडिकल अफिसर डा। ताल ज्याक्सले बताएका छन् ।

मोडर्ना कम्पनीले आफ्नो खोप परीक्षणको दोस्रो चरणमा ६ सय जनालाई सहभागी गराउने जनाएको छ, जुन प्रक्रिया चाँडै नै सुरु हुने जनाइएको छ । त्यसपछि खोप परीक्षणको तेस्रो चरण जुलाईमा सुरु हुने छ, जसमा हजारौँ जनालाई समावेश गराइनेछ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here