गाडी मोटरसाइकललगायत सवारी बीमामा लकडाउन अवधिको प्रिमियममा छुट

काठमाडौं ६, जेठ । चारपाङग्रे र दुई पाङग्रे सबै प्रकारको सवारीधनिले लकडाउन अवधिभर बीमा शुल्कमा छुट पाउने भएका छन् । बीमा समितिले सवारी साधनको बीमा शुल्कमा छुट दिन कम्पनीहरुलाई निर्देशन दिएको हो ।

तर, लकडाउनको अवधिमा पनि सवारीधनीले कुल बीमा शुल्कको एक तिहाइ रकम चाहि तिर्नुपर्नेछ । बाँकी दुई तिहार रकमबाट लकडाउनको अवधि कट्टा गरी छुट दिन समितिले मंगलबार निर्देशन दिएको हो ।

सावारी साधनको कुल वार्षिक शुल्कको एक तिहाइ रकम थन्किएको अवस्थाको जोखिमका लागि कट्टा गरी बाँकी दुई तिहाइमा समानुपातिक रकम छुट दिनुपर्ने समितिको निर्देशन छ । कुल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु, कर्मचारीको बीमा लगायत जोखिम समूह समेतको हिसाब गर्नुपर्ने छ ।

छुट रकम सवारी साधन बिमाको नविकरण गर्दा नविकरण बिमा शुल्कमा नविकरण गर्ने । सवारी साधनको अन्यन्त्र बिमा हुने अवस्थामा बिमितको अनुरोधमा बिमकले छुट रकमको प्रमाणपत्र उपलब्ध गराउनुपर्ने निर्देशन समितिको छ ।

चैत ११ देखि सरकारले लकडाउन हटाएको समयसम्म लकडाउनको अवधि भनेर कायम गर्नुपर्नेछ । अत्यावश्यक सेवाको सवारी साधनको हकमा सरकारले सूचना जारी गरी सवारी साधन सञ्चालन गर्न अनुमति दिएको अवधि सम्मका लागि थन्किएको अवधिका रुपमा गणना गर्न पनि समितिको निर्देशन छ । अत्यावश्यक बाहेक सबै सवारी साधनका लागि चैत ११ देखि लकडाउन समाप्त भएको दिनसम्मलाई गणना गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here