विरगन्जमा महिन्द्रा ट्रयाक्टरको शोरुम तथा सर्भिस सेन्टर

विरगन्ज, ८ वैशाख । महिन्द्रा ट्रयाक्टरको नेपालस्थित अधिकृत बिक्रेता अग्नि गु्रपले गण्डक विरगञ्जमा महिन्द्रा ट्रयाक्टरको शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ ।

शोरुमको उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा तथा विरगन्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले संयुक्त रुपमा गरे ।

शोरुम उद्घाटन समारोहमा कम्पनीका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले आगामी कार्यक्रम ‘महिन्द्रा समृद्धि’ को घोषणा पनि गरे ।

उक्त कार्यक्रमले किसानको उत्पादनमा वृद्धि, जीवनमा समृद्धि ल्याउने महिन्द्राले विश्वास गरेको छ । यसै सिलसिलामा महिन्द्रा समृद्धिको उद्घाटन र अप्रिल महिनाका ५ नयाँ ग्राहकहरुलाई सम्मानित पनि गरिएको थियो ।

अग्नि ग्रुपका शाखा प्रमुख प्रमोद कुमार क्षेत्रीकाअनुसार शोरुमबाट ग्राहकहरुले महिन्द्राका सबै मोडलका ट्रयाक्टरका जेन्यून स्पेयर पार्ट र बिक्री पछिको सेवा पाउन सक्छन् ।

शाखा शुभारम्भ पछि विरगन्ज क्षेत्रका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीको गुणस्तरीय सेवा कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here