अस्पतालबाट फर्किए कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुसहितका आफन्त

फाइल फोटो

काठमाडौं, ९ जेठ । कोरोनाभाइरसको संक्रमणले आमाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका शिशु सहितका आफन्त शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनिहरुको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोरोना परीक्षणमा शिशुसहित परिवारका सबै सदस्यको पहिलो कोरोना पनि नेगेटिभ देखिएको थियो ।

जन्डिस र शरीरमा बिबिरा देखिएपछि शिशुलाई थप उपचारको लागि अस्पतालमै भर्ना गरिएको थियो। अहिले शिशुमा जन्डिस र बिबिरा पनि निको भएको भन्दै डिस्चार्ज गरिएको जनाईएको छ । शिशु सहितका आफन्त थप ७ दिन सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राख्न अस्पतालले सुझाएको छ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाको राम्चे घर भएकी २९ वर्षीया सुत्केरीको जेठ ३ गते कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here