कोरोना कोषमा बंगलादेश बैंकले दियो एक करोड ४५ लाख

काठमाडौं, ११ जेठ । कोरोना रोकथाम तथा नियन्त्रण कोषमा नेपाल बंगलादेश बैंकले एक करोड ४५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारको कोषमा एक करोड १० लाख रुपैयाँ र देशका सातैवटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा ५/५ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीलाई हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here