नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

फाइल फोटो

काठमाडौं, १२ जेठ । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ गते बाराको करैयामाइ गाउँपालिका, ७ उम्जनकान ७० वर्षका वृद्धको ज्यान गएको थियो । उनमा कोरोना पुष्टि भएको छ ।

सोमबार एक जना कोरोना संक्रमण भएर मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको मन्त्रालयले जनाएको छ।

सोमबार मात्र रिपोर्ट आएको वृद्धको मृत्यु पछि अन्तेष्टि भइसकेको छ । उनको अन्तेष्टिमा मात्र ५० भन्दा बढी व्यक्ति सहभागी भएको खुलेको छ । यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिलाको नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक मृत्यु भएको थियो।

काभ्रेको धुलिखेल अस्पतालमा उनको जेठ १ गते उनको मृत्यु भएको थियो। यसपछि बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा नै २५ वर्षीय युवाको मृत्यु भएको थियो भने बुटबलको क्रिमसन अस्पतालमा उचपार गर्दागर्दा गुल्मी मदानेका ४३ वर्षीय शिक्षकको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here