कोरोना संक्रमितको संख्या ५६ लाख नाघ्यो, २४ लाख संक्रमण मुक्त

काठमाडौं, १४ जेठ । विश्वभर कोरोना संक्रमितको संख्या ५६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९४ हजार २२४ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५६ लाख ७८ हजार २७१ पुगेको हो ।

यस्तै एकैदिन अरू ४ हजार २५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५१ हजार ६३८ पुगेको छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये २४ लाख २६ हजार ४०० जना संक्रमण मुक्त भएका छन् ।

२९ लाख २०२ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९५ जनाको अवस्था गम्भीर छ । नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ भने १७६ जना निको भएर घर फकिएका छन् । चार जनाको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here