बजाज मोटरसाइकलको नयाँ शोरुम बाराको कलैयामा

काठमाडौं, १० वैशाख । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक एचएच बजाजले बाराको कलैयामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

बजाजले कलैयामा पूर्ण सुविधा सहितको नयाँ शोरुम गुप्ता मोटर्स सञ्चालनमा ल्याएको हो ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले बताएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी बाराको कलैयामा नयाँ शोरुम संचालन भएको घोषणा गर्न पाँउदा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण बारामा नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै बाराका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।’

एचएच बजाज देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले बताएको छ ।

बजाजका मोटरसाइकलहरु नेपालमा लोकप्रिय रहेको र बिक्रीको आधारमा अग्रणी भएको पनि कम्पनीले दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here