रु. १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि रु. १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट घोषणा गरेका छन् ।

कुल बजेटमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजीगततर्फ रु. ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थामा रु. १ खर्ब ७२ अर्ब छुट्याइएको छ ।

बजेटका स्रोतमध्ये राजस्वबाट रु. ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट रु. ६० अर्ब, विदेशी ऋणबाट रु. २ खर्ब ९९ अर्ब र स्वदेशी ऋणबाट रु. २ खर्ब ५५ अर्ब जुटाइने छ ।

कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्र खुम्चिएको र आम्दानीका स्रोतहरु प्रभावित भएकाले चालु आवको तुलनामा आगामी वर्षको बजेट घटेको छ ।

चालु आबको बजेट रु. १५ खर्ब ३० अर्ब रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here