कोेरोना संक्रमितको संख्या ५९ लाख नाघ्यो, २५ लाख संक्रमण मुक्त

काठमाडौं, १६ जेठ । विश्वभर कोरोना संक्रमितको संख्या ५९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख १६ हजार ३०४ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ५९ लाख ४ हजार ६५८ पुगेको छ ।

यस्तै एकैदिन अरू ५ हजार ६१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ६२ हजार १० पुगेको हो ।

कोरोना भाइरसबाट संक्रमितमध्ये २५ लाख ७९ हजार ५३४ जना संक्रमण मुक्त भएका छन् ।

२९ लाख ६२ हजार ८६५ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार ९७५ जनाको अवस्था गम्भीर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here