प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ जेठ । प्रदेश २ मा कोरोना संक्रमणको संख्या तीव्र रुपमा देखिएको छ । पछिल्लो २४ घण्टामा ९६ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यससँगै प्रदेशमा चार सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयलले जनाएको छ।

सप्तरीमा ५ जना धनुषा जिल्लामा एक जना सर्लाहीमा ४ जना रौतहट जिल्लामा ७३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बारा जिल्लामा चार जना र पर्सा जिल्लामा ५ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here