भारतमा १ लाख ७३ हजार संक्रमित, एकैदिन ८ हजार थपिए

काठमाडौं, १७ जेठ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको छ । शनिबार बिहासम्ममा भारतमा १ लाख ७३ हजार ४ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो अपडेट अनुसार २४ घण्टामा ७ हजार ९६४ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा एकै दिन संक्रमण पुष्टि भएको अहिलेसम्म कै धेरै संख्या हो ।

भारत सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा नवौं स्थानमा छ।

भारतभन्दा अघि क्रमशः जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।

त्यस्तै २४ घण्टामा भारतमा २६५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ४ हजार ९७१ पुगेको छ ।

भारतमा ८२ हजार ६ सय २७ जनाको संक्रमित शनिबार बिहानसम्म संक्रमणमुक्त भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here