कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण

काठमाडौं, १८ जेठ । कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार बिहान ८ बजे सार्वजनिक गरेको विवरण अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका एक जना र दैलेखकामा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

तथ्यांक अनुसार कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका ५ का १९ वर्षका किशोरमा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, दैलेख नारायण नगरपालिका ३ का १६, १९, २९ र ४८ वर्षका चार जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

नारायण नगरपालिका ५ कै १८,२४, २५, २८ र ३५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ। दैलेखकै देबलकाँड ४ का १८, २०, २०,२२ र २२ वर्षका पाँ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, सिमडा ८ का १६ वर्षका पुरुष, रातापानी ४ का ३८ वर्षका पुरुष र साडु ९ का २२ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए।

यससँगै कर्णाली प्रदेशमा मात्र अहिलेसम्म कूल १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालमा संक्रमितमध्ये २ सय १९ जना अहिले संक्रमणमुक्त भएका छन्। ७ जनाको भने मृत्यु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here