हरिद्धार महाकुम्भको मिति परिवर्तन नहुने, १२ सय करोड खर्च गर्ने तयारी

फाइलफोटो

काठमाडौं । भारतले सन् २०२१ मा हरिद्धार महाकुम्भ आयोजना गर्दैछ ।

कोरोना भाइरसको संक्रमण फैलिरहेको कारण कुम्भ मेला एक वर्ष पछि सार्न सुझाव दिईरहेका छन् । तर भारतीय अखाडा परिषद्ले भने मेला पछि सार्न नसक्ने बताएको छ।

कुम्भ मेलासँग सम्बन्धित कामहरुमा भने हाल उत्तराखंड सरकारले रोक लगाएको छ। तर प्रशासनले भने परिषद्को सुझाव बिना कुम्भ मेलाबारे निर्णय नलिने बताएको छ।

सरकारले यस कार्यक्रममा २ सय मुलुकबाट राष्ट्राध्यक्षलाई सहभागी गराउने गरी निम्ता तयारी थालेको छ । खासगरी गंगा नदी सफाई अभियान चलाइरहेको भारतले यसको स्वच्छताबारे विश्वमञ्चलाई जानकारी गराउने उद्देश्य राखेको छ ।

महाकुम्भका दौरान ५ लाख मोवाइल शौचालयको व्यवस्था गरी गंगातटलाई सफा राखिने भएको छ । यसबीचमा हरिद्धारमा अहिले विजुलीको तारलाई अण्डरग्राउण्ड गर्ने अभियान जारी रहेको छ र यसले शाही यात्रालाई सहज बनाउने छ ।

भारत सरकारले हरिद्धारको महाकुम्भलाई पर्यटन र पर्यावरणसँग जोडेर विश्वव्यापी बनाउने अभियान थालेको हो ।

यसले भारतलाई विश्वभरका पर्यटकको धार्मिक गन्तब्यका रुपमा स्थापित गर्ने लक्ष्य छ । हालसम्म मेलाका लागि ४ सय करोड भारतीय रुपैयाँ खर्च गरिसकेको छ। मेलाका लागि १२ सय करोड भारतीय रुपैयाँको बजेट छुटयाइएको छ।

उक्त मेलामा ५ करोडभन्‍दा बढी मानिस सहभागि हुने अनुमान गरिएको छ। तर विश्वभर कोरोना प्रकोपको कारण उक्त संख्या घट्न सक्ने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here