पुनर्कर्जाको सीमा १० करोड, वार्षिक २० प्रतिशतभन्दा बढी प्रतिफल कमाउने उद्योगले नपाउने

काठमाडौं १०, जेठ । विगले गत तीन वर्षमा औसत २० प्रतिशत वा सो भन्दा बढी सम्पत्तिमा प्रतिफल कमाउने उद्योगले पुनर्कर्जा नपाउने व्यवस्था राष्ट्र बैंक गर्न लागेको छ । राष्ट्र बैंकले पारिमार्जन गरेको पुनर्कर्जा सम्बन्धी मस्यौदामा उक्त व्यवस्था गरिएको छ ।

चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग\व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग÷व्यवसायलाई प्रवाह भएका कर्जा पनि यो सुविधा पाउने छैनन ।

कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि प्रवाह भएको कर्जाले पुनर्कर्जा सुविधाका लागि अयोग्य हुने राष्ट्र बैंकले बताएको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रतिव्यक्ति १० करोड रुपैयाँ भन्दा बढी पुनर्कर्जा सुविधा दिन नपाउने व्यवस्था हुन लागेको छ ।

मस्यौदामा कुल पुनर्कर्जा रकमको ७० प्रतिशत सिधै बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिन्छ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकिदिएको क्षेत्र तथा मापदण्ड पुगेका ऋणी छनोट गरी कर्जा प्रवाह गर्नेछन् ।

बैंक तथा वित्तीय संस्थालाई दिएर बा“की रहेको कोषको ३० प्रतिशत रकम भने राष्ट्र बैंकले हालकै व्यवस्था अनुसार परिचान गर्ने छ । उक्त ३० प्रतिशत रकमबाट बढिमा कुल कोषको १० प्रतिशत रकम राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई एकमुष्ट प्रदान गर्ने प्रस्ताब गरेको छ । कोषको ३० प्रतिशत रकम राष्ट्रिय महत्व तथा प्राथमिकताको आयोजना क्षेत्रमा राष्ट्र बैंकले परिचालन गर्नेछ । यसरी पुनर्कर्जा प्रवाह गर्दा प्रतिग्राहक २० करोड भन्दा बढी दिन पाइने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here