अब पुरानो पास नवीकरण गर्नु नपर्ने, नयाँको लागि फेसबुकबाटै निवेदन

काठमाडौं, २० जेठ । सरकारले लकडाउन थप गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौले यसअघिको पासलाई मान्यता दिने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले मंगलबार सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी निलो पास लकडाउनभर मान्य हुने जानकारी दिएको हो ।

अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण गर्न नपर्ने जनाएको छ । यसअघि त्यस्ता पास सात दिनको म्यादपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो । तर अव भने नवीकरण गरिरहनु नपर्ने भएको छ ।

‘मिति २०७७/०२/०२ गतेदेखि ऐ. १९ गतेसम्म जारी गरिएका काठमाडौं उपत्याका भित्रको लागि मिति २०७७/०२/२० सम्मको अवधि तोकिएका सार्वजनिक निर्माण कार्य र अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरुका सवारी पासहरु लकडाउनको अवधिभर मान्य हुने भएकाले नवीकरण गरिरहनु नपर्ने,’ सूचनामा भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सवारी पासका लागि कार्यालय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले जेठ २१ देखि सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात कार्यालयको ईमेल र फेसबुक पेजमा पठाउन भनेको हो ।

पास तयार भएको जानकारीपछि मात्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

सवारी पास तयार भएको जानकारी प्राप्त भएपश्चात मात्र कार्यालयमा सम्पर्क गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ। सरकारले जेठ ३२ गतेसम्म लकडाउन कायम नै गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here