२४ घण्टामा विश्वभर १ लाख १० हजार जनामा कोरोना संक्रमण

काठमाडौं, २१ जेठ । विश्वभर पछिल्लो २४ घण्टामा १ लाख १० हजार २० जनामा संक्रमण देखिएको छ।

उक्त संख्या थपिएसँगै कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार २ सय १६ जना जना पुगेको छ ।

कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार नाघेको छ। बुधबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ३ लाख ८१ हजार ७ सय ६ जनाको मृत्यु भएको छ।

नेपालमा एकैदिन २८८ जनामा संक्रमण भएसँगै संक्रमितको संख्या २०९९ संख्या पुगेको छ।

यसबीचमा सबैभन्दा धेरै ब्राजिलमा १२ सय भन्दा धेरैको मृत्यु भएको छ।

त्यसैगरी अमेरिकामा ११ सय ३२, बेलायतमा ३ सय २४, मेक्सिकोमा २ सय ३७, भारतमा २ सय २१, रुसमा १ सय ८२, फ्रान्समा १ सय ७ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म विश्वभर २९ लाख ८६ हजार भन्दा धेरै संक्रमित उपचापछि निको भएर घर फर्किएका छन्।