सिमेन्टको गुणस्तर मापनलाई तीव्रता, मापदण्डभन्दा बाहिर गए कारवाही

काठमाडौं, २१ जेठ । नेपाल गुणस्तर तथा नापतौल विभागले बन्दाबन्दीको समयमा उपभोक्ता ठगिन नदिन सिमेन्टको गुणस्तर मापनलाई तीव्रता दिएको छ ।

सरकारले बन्दाबन्दीको समयमा सामाजिक दूरी राखेर उद्योग चलाउन स्वीकृति दिएसँगै विभागले सिमेन्ट उद्योगमा उत्पादित सिमेन्टको नमूना सङ्कलनलाई तीव्रता दिएको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बन्दाबन्दीको समयमा गुणस्तरमा कुनै सम्झौता नहोस् भन्नका लागि देशैभरका सञ्चालित सिमेन्ट उद्योगबाट नमूना सङ्कलन गरेको जानकारी दिए ।

‘बन्दाबन्दीको समय पारेर उपभोक्ता गुणस्तरबाट ठगिन सक्ने कुरालाई ध्यानमा राखेर हामीले विभिन्न ठाउँबाट १०० बढी नमूना सङ्कलन गरेका छौँ,’ उनले भने ।

विभागले काठमाडौं उपत्यकामा मात्र विभिन्न १२ वटा हार्डवेयरबाट नमूना सङ्कलन गरेको छ । महानिर्देशक पुडासैनीले विभागले तोकेको मापदण्डभन्दा बाहिर गएर सिमेन्ट उत्पादन गरे कारवाही गरिने स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here