थप २ सय १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ सय पुग्यो

काठमाडौं, २१ जेठ । पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको मन्त्रालयले बताएको छ ।

नेपालमा हालसम्म संक्रमितमध्ये २७८ जना उपचारपछि निको भएका छन्। आज १२ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २७८ पुगेको हो। नेपालमा हालसम्म संक्रमण देखिएकामध्ये ९ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here