फलफूल तथा तरकारीबाट कोरोना सरेको प्रमाणित भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देबकोटाले तरकारीबाट कोरोना संक्रमण भएको प्रमाणित नभएको बताएका छन् ।

बुधबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले तरकारी लगायत खाद्यान्ह नष्ट नगर्न आग्रह गर्दै कोरोना सर्छ भन्दै भ्रम छरिएको स्पष्ट पारेको हुन् ।

केही दिन अघि कास्की लगायतका केही जिल्लामा जनप्रतिनिधी र सुरक्षाकर्मीकै रोहवरमा तरकारी गाडेको भिडियो सार्वजनिक भएको थियो ।

केही स्थानिय तहले लकडाउन शीर्षकमा नेपाली किसानको तरकारी बजारमा पु¥याउनबाट रोकेर भारतीय बजारको तरकारी नेपाल भित्र्याउन भुमिका खेलेका छन् । उनले कोरोना भाइरस श्वासप्रश्वासबाट सर्ने भएकाले सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरे । खाना, फलफूल, खानाका प्याकेटबाट कोरोना सरेको पुष्टि नभएको पनि मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here