रोल्पा विस्फोटका मृतक बालबालिकाको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने निर्णय

काठमाडौं, २२ जेठ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रोल्पा बम विस्फोटमा ज्यान गुमाएका बालबालिकाको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।

वैशाख १८ गते साँझ बम विस्फोट हुँदा ज्यान गुमाएका रोल्पाको त्रिवेणी गाउँपालिका–७ गौरीगाउँका चार बालबालिकाका परिवारलाई जनही पाँच लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो।

विस्फोटमा १४ वर्षीय नोकिराम डाँगी र गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्रीको मृत्यु भएको थियो। गाउँनजिकैको जंगलमा ग्वाला गएका उनीको विस्फोटमा परेर मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here