प्यारा आफन्तको स्वागतमा चिटिक्क विमानस्थल (फोटोकथा)

काठमाडौं, २२ जेठ । एक विनासकारी महामारी हो कोरोना । संसारका करीव ४ लाख मानिस यसको शिकार भइसकेका छन् । कोरोना महामारीले स्वास्थ्य प्रणालीमात्र होइन, संसारका धेरै मुलुकको अर्थ व्यवस्थासमेत तहस नहस पारेको छ । यस कठिन परिस्थितिमा धैर्यपूर्वक करीव ३ महिना कठिन समय गुजारेका नेपालीहरु शुक्रबारदेखि क्रमशः आफ्नो घर फर्कन पाउँदैछन् ।

शुक्रबार म्यानमारबाट २६ जना नेपालीले हवाईजहाजबाट पहिलो पाइला त्रिभुवन विमानस्थलमा टेक्दै गर्दा लकडाउनपछि सुनसान विमानस्थलले फेरी उही पुरानै रौनक पाउनेछ । जहाँ प्यारो छोरो सकुशल फर्किएको खुसीमा बुढी आमा खुसीले गदगद हुनेछिन् । विमानस्थलमा सामाजिक दूरी कायम गरी सेवा संचालनका लागि योग्य बनाउने काम एक साता अगाडी मात्र सकिएको छ ।

दैनिक हजारौं मानिसलाई व्यवस्थापन गर्ने देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सबैभन्दा धेरै नेपाली नागरिकको भीड शुक्रबारबाट हुनेछ । यसअघि लकडाउनको बीचमा पनि विमानस्थलमा केही उडान भए । ७ हजार हाराहारी नागरिक नेपालबाट फिर्ता गएका छन् ।

उनीहरु पनि संकटमा आफन्तको काख खोज्दै नेपाल छाडेका हुन् । आर्थिक रुपमा गरिब भएपनि प्यारा आफन्तको फिर्तिमा फेरी प्रफुल्ल मनले स्वागत गर्न तयार भएको छ त्रिभुवन विमानस्थल ।

तस्वीर सौजन्य : त्रिभुवन विमानस्थल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here