भारतमा कोरोनाबाट एकै दिन १० हजारभन्दा धेरै संक्रमित, २७७ को मृत्यु

काठमाडौं, २८ जेठ । भारतमा कोरोना भाइरस संक्रमणबाट एकैदिन दुईसय ७७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात हजार सात सय ५० पुगेको छ।

एकैदिन १० हजार दुई सय १८ जनामा संक्रमण देखिएसगै संक्रमितको संख्या दुई लाख ७६ हजार एक सय ४६ जना पुगेको छ।

संक्रमितमध्ये एक लाख ३४ हजार ६ सय ६७ जना उपचारपछि निको भएका छन्।