अरु देशको तुलनामा नेपालमा कोरोना संक्रमितको उपचार राम्रो- प्रधानमन्त्री

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अरु देशको तुलनामा नेपालमा कोरोना कोरोना संक्रमितको उपचारको प्रवन्ध राम्रो भएको बताएका छन् ।

बुधबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा उपचार राम्रो भएको र नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएको बताए । गैर आवसिय नेपालीको उदाहरण दिदै ओलीले नेपालमा मृत्युदर अत्यान्तै कम भएको बताए ।

ओलीले विश्व बैंकको तथ्याक हेर्दा कोरोना संक्रमण साउन अन्त्यमा पिक हुँदै जाने र कार्तिकमा समाप्त हुनसक्ने सम्भावना रहेको बताए। तर, यस बीचमा आउने दशैं, तिहारजस्ता चाँडवाडका कारण केही समय फैलन सक्ने पनि बताए।

उनले भने, ‘विश्व बैंकको तथ्यांक विश्लेषण हेर्ने हो भने साउनको अन्त्यतिर पिकमा पुग्ने र कम हुँदै गएर कार्तिकमा समाप्त हुने देखिन्छ। तर, त्यस्तो नहुन पनि सक्छ। कार्तिकमा दशैं तिहार जस्तो चाडबाडहरुमा बाहिरबाट मानिसहरु थप आउँछन्। ‍त्यसबाट संक्रमण फेरि आउन सक्छ। संक्रमण आउनसक्छ समय लम्बिन पनि सक्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here