‘खर्चको दिनैपिच्छे लेखा परीक्षण हुँदैन, कसैले भ्रष्टाचार गरे कारबाही हुन्छ’

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोक्न सरकारले १० अर्ब कहाँ खर्च भयो भन्नेलाई जवाफ दिएका छन् । बुधबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ओलीले १० अर्ब रुपैयाँ प्रदेश र स्थानीय तहलाई दिएको बताएका छन्।

उनीहरुले उक्त रकम सही काममा लगाएको विश्वास व्यक्त गरेका छन्। १० अर्ब खर्च भयो भने त्यो कहाँ भयो ? केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ।

तीन तहका सरकार छन्। उनीहरुलाई दिइएको छ।’ अविश्वासबाट कुरा थाल्नुपर्ने अवस्था नरहेको बताउँदै त्यसको हिसाबकिताब सरकारले आफ्नो प्रक्रियाबाट दिने बताए।

‘अनियमितता भयो भयो भन्ने हल्लामा नजाऔं। कहीँ अनियमिता भएको छ भने सरकारले सहदैन। छानबिन गर्छ ,कारबाही गर्छ र दोषी पाइएमा सजाय गर्छ, ढुक्क हुनुस्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here