लकडाउनमा बिस्कुटको माग बढी, पारले-जी ८२ वर्ष यताकै धेरै बिक्री

काठमाडौं, २८ जेठ । विश्वभर फैलिएको कोरोना संक्रमणको कारण शुरु भएको लकडाउनमा बेला पारले–जी बिस्कुट माग ह्वात्तै बढ्न पुुगेको छ ।

कोरोनाभाइरसका कारण जारी भएको लकडाउनमा कयौँ व्यापार चौपट भए पनि नव भारत टाइम्सको अनुसार पारले–जी बिस्कुट ८२ वर्ष यताकै उच्च बिक्री भएको हो ।

सन् १९३८ देखि नै भारतीय उपभोक्ताका लागि लोकप्रिय ब्रान्ड बन्दै आएको बिस्कुट यो वर्षको मार्च, अप्रिल र मे महिना बिक्रीका हिसाबले बितेको ८२ वर्ष कै सबैभन्दा उत्तम महिना भएको उल्लेख गरेको छ।

भारतमा केवल ५ रुपैयाँमात्रै पर्ने बिस्कुट लकडाउनका बेला ठूला सहरबाट गाउँ फर्किरहेका प्रवासी मजदुुरलाई ठूलो मात्रामा बाँडिएको थियो। पारले–जीको भारतमा १३० वटा कारखाना छन्। भारतीय बजारमा हुुने कुुल बिस्कुटको बिक्रीमा पारले–जीले ५० प्रतिशत हिस्सा ओगटेको छ।

कयौँ व्यक्तिका बिस्कुुटलाई नै लन्च, डिनर र नास्ताको रुपमा नै काम चलाएका थिए ।

यसका साथै भारतका कयौँ परोपकारी संस्था, एनजीओ र आईएनजीओहरुले पनि आवश्यक परेकाहरुलाई आद्य सामग्रीका रुपमा पारले–जी बिस्कुुट प्रदान गरेका थिए।

कम्पनीले २५ मार्चबाट निरन्तर रुपमा बिस्कुट उत्पादन गरिरहेको जनाएको छ। यस क्रममा पारले–जीमात्रै नभई भारतका अन्य बिस्कुुट ब्रान्डहरु जस्तै ब्रिटानियाको गुुड डे, टाइगर, जस्ता अन्य बिस्कुुटको बिक्री पनि धेरै बढेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here