गर्मी मौसममा यस्ता ५ खानेकुरा धेरै नखानुस्

काठमाडौं । गर्मी मौसमको सुरुवात भईसकेको छ । गर्मी मौसममा खानपानमा ध्यान दिइएन भने हामीलाई विभिन्न स्वास्थ्य समस्याहरुले सताउन सक्छन् ।

गर्मी मौसममा खानपानमा त ध्यान दिनुपर्छ नै स्वस्थ रहनको लागि भरपुर मात्रामा पानी पनि पिउनुपर्छ ।

गर्मीमा तापक्रम बढे सङ्गै धेरै मानिसहरुमा स्वास्थ्य र छाला सम्बन्धि समस्याहरु देखा पर्छन् । त्यस्तै खानपानमा गडबडी भयाे भने पाचन प्रणालीमा समेत समस्या निम्तन सक्छ ।

यस्तो समयमा खानपानमा विशेष ध्यान ध्यान दिएर पनि हामी स्वस्थ रहन सक्छौं किनभने खानपानले नै हाम्रो स्वास्थयमा ठूलो प्रभाव पार्छ ।

गर्मी मौसममा निम्न खानेकुराहरुबाट टाढा बस्नुपर्दछः

१. धेरै मसालेदार खानेकुराहरु नखाने

मसालेदार खानेकुराहरुले जिब्रोलाई स्वाद त दिन्छ तर, यस्ता खानेकुराहरुले हाम्रो शरीरलाई गम्भिर रुपमा असर गर्छ ।

धेरै मसालेदार खानेकुराहरु खानाले पेट पोल्ने र पाचन सम्बन्धि समस्याहरु देखिन सक्छ । यस्ता खानाले पेट सम्बन्धि समस्याहरु निम्त्याउनुका साथै शरीरको तापक्रम पनि वृद्धि हुने गर्छ ।

२. मांसाहारी भोजन कम सेवन गर्ने

गर्मी मौसममा मांसाहारी भोजनको सेवन सकेसम्म कम गर्नुपर्छ ।

गर्मीमा चिल्लो र धेरै मसालायुक्त मांसाहारी भोजनको सेवन गर्दा शरीरको तापक्रम बढ्नुको साथै धेरै पसिना आउने र पाचन प्रकृयामा समेत प्रभाव पर्छ ।

३. जंक फुड नखाने

गर्मी मौसममा जंक फुडहरुको सेवन गर्नुभन्दा हरिया सागपातको सेवन गरेमा शरीरलाई धेरै फाईदा पुग्छ ।

हरिया सागसब्जीहरुमा धेरै मात्रामा पोषकतत्वहरु पाईन्छ । जसले हाम्रो शरीरलाई धेरै प्रकारको रोगहरुबाट बचाउँछ ।

४. चिया र कफीको सेवन नगर्ने

हामीमध्ये धेरै मानिसहरुको दिनको सुरुवात चिया र कफीको चुस्की लिदै हुने गर्छ । तर, चिया र कफी दुवैले शरीरको तापक्रम बढाउने काम गर्छ त्यसैले गर्मीमा चिया कफी नपिएकै राम्रो हुन्छ ।

चिया र कफीमा पाइने क्याफिन शरीरलाई सुख्खा बनाउँछ । त्यसकारण गर्मी महिनाको सुरुवात सङ्गै चिया र कफीको सेवनबाट टाढा रहनु पर्छ ।

५. चीजको सेवनबाट टाढा बस्ने
हामीमध्ये धेरै मान्छेहरुलाई धेरै चिल्लो हुने चीज, बटर राखिएको खाना खान मनपर्छ । स्वादिलो हुने यस्ता खानाले हामीलाई समस्या निम्त्याउन सक्छ ।

बटरमा धरै मात्रामा क्यालोरी हुने भएकाले पोषणविदहरुका अनुसार गर्मी मौसममा चीजको सेवन कम गर्नुपर्छ ।

गर्मी मौसममा शरीरलाई धेरै मात्रामा पोषक तत्व र पानीको आवश्यकता पर्दछ । त्यसकारण आफ्नो डाईट लिस्टमा मौसम अनुसारका फलफूल सामेल गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here