नुवाकोटमा दुई जना कोरोना संक्रमित थपिए, थप दुईजना संक्रमण मुक्त

काठमाडौं, १ असार । नुवाकोटमा थप दुई जना कोरोना संक्रमित थपिएका छन् ।

नुवाकोटको तारकेश्वर गाउँपालिकाको ६ वर्षीया बालिका र उनको आमा ३१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

यससँगै तारकेश्वर गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । उनीहरुको अवस्था सामान्य रहेको त्रिशुली अस्पतालले जनाएको छ । यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या १० पुगेको छ ।

त्यस्तै नुवाकोटको दोश्रो र तेश्रो कोरोना सक्रमित म्यागङका दुई युवा रोगलाई जित्दै निको भएसगैँ आज घर फर्कदैछन् । यसअघि ककनी गाँउ पालिकाका एक युवा कोरोना मुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here