लघुवित्त क्षेत्रको सबैभन्दा ठूलो आइपीओ असार १० देखि

काठमाडौं, २ असार । एनआईसी एशिया लघुवित्तले आगामी असार १० गतेदेखि लघुवित्त क्षेत्रकै सबैभन्दा ठूलो प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले १०० रुपैयाँ दरमा ४७ लाख ५५ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यस आइपीओमा लगानीकर्ताले असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस अवधिमा सबै बिक्री नभएमा ढिलोमा असार २४ गतेसम्म बिक्री खुला राख्ने कम्पनीले जनाएको छ । ।

जस मध्ये ०.५ प्रतिशत अर्थात् ७४ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८ सय कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।

बाँकि ४४ लाख ४३ हजार २ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीको आईपिओमा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

यो बजारमा आउँन लागेको लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो आईपीओ हो। कम्पनीले शेयर निष्काशनको लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

लघुवित्तले चालु आर्थिक वर्ष २०७६।७७ को तेस्रो त्रैमाससम्म १९ करोड ४८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

इच्छुक लगानीकर्ताले नजिकको एनआइसी एशिया बैंकका शाखा, सानिमा क्यापिटल र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमाम सानिमा क्यापिटल रहेको छ ।

हाल १ अर्ब ४५ लाख १० हजार रुपैयाँ रहेको लघुवित्तको आइपीओ निष्काशनपछि १ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here