पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा मंगलबार ११७ जना डिस्चार्ज भएका छन् । जसमध्ये ८ जना महिला १०९ जना पुरुष रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here