पुनर्निर्माणमा खटिएका ४ हजार इञ्जिनियरको राजीनामा

काठमाडौं, १२ बैशाख । पुनर्निर्माणका लागि भुकम्प प्रभावित जिल्लामा खटिएका करीब ४ हजार इञ्जिनियरहरुले सामुहिक राजीनामाको घोषणा गरेका छन् ।

बिहीबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुको संस्था राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहीत संरक्षण समितिले राजीनामाको घोषणा गरेको हो ।

विगत लामो समयदेखि विभिन्न माग राखि आन्दोलनरत इञ्जिनियरहरुले सरकारले आफ्नो सेवासुविधा तथा भत्तामा अपेक्षित वृद्धि नगरेको भन्दै राजीनामा दिएका हुन् । केही हप्ता अघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग भएको सम्झौतामा उनीहरुको माग छिट्टै सम्बोधन हुने प्रतिवद्धता जनाइएको थियो ।

तर, त्यसपछिका मन्त्रीपरिषदको बैठकमा आफ्नो माग सम्बोधन नभएकोमा इञ्जिनियहरु रुष्ट थिए ।

समितिका अध्यक्ष अविनाश अमरले भुकम्प प्रभावित ३२ ओटै जिल्लामा खटिएका इञ्जिनियरको सामुहिक राजीनामा आएको बताए ।

उनका अनुसार लामो समयसम्म प्रतिक्षा गर्दा पनि माग पूरा नभएपछि इञ्जिनियरहरुको धैर्यको बाँध फुटेको हो । र, माग पुरा नहँदासम्म उनीहरु काममा फर्किने छैनन् ।

समितिले गत चैत ३ गतेदेखि आन्दोलन गर्दै आएको छ ।

‘चैत १२ गते नेपाल इञ्जिनियर्स एशोसिएशनको मध्यस्थतामा प्राधिकरण हामीवीच एक सातामा सबै माग पूरा गर्ने सहमति भएको थियो । त्यसै अनुसार इञ्जिनियर साथीहरु काममा फर्किनु भो तर सरकारले माग पूरा नगरेपछि हामी कडा कदम चाल्न बाध्य भएका हौं,’ अमरले भने ।

आफूले खाइपाइ आएको प्रोत्साहन भत्ता, भौगोलिक भत्ता, यातायात खर्च र सञ्चार खर्च नियमित पाउनु पर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य हुनु पर्ने र स्थायित्व तथा निरन्तरताको व्यवस्था गरिनु पर्ने इञ्जिनियहरुको माग छ

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीले भने सरकारले सबै सरकारी कर्मचारीलाई भत्ता बढाउने निर्णय गरिसकेकाले इञ्जिनियरको माग समेत पूरा भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here