काठमाडौं, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण गरेकी छिन् ।
राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन् ।
अब नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा रहनेछ । संविधान संशोधन विधेयक दुवै सदनबाट सर्वसम्मतिले पारित भएको थियो ।