गुठिचौर गाउँपालिकामा नेकपामा पहिरो,एक दर्जन कार्यकर्ताद्धारा पार्टी परित्याग

भिम अधिकारी

जुम्ला,५ असार । जुम्लाको गुठिचौर गाउँपालिका करिब एक दर्जनभन्दा धेरै नेकपाका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेसद्धारा आयोजित एक कार्यक्रमको बीच पार्टीबाट असन्तुष्ट स्थानीय नेता तथा सक्रिय कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेसमा प्रवेश हुने सदस्यलाई टीका र खादा लगाइ पार्टीमा स्वागत गरिएको थियो । कम्युनिस्टहरूबाट निर्ममतापूर्वक यातना, पिडा र विभेद खेप्नु परेको असतुष्ट पक्षको आरोप छ ।

मुलुकको माटो सुहाउँदो राष्ट्रियता, लोकतन्त्र, शान्ति र बिकासकोलागि कांग्रेस नै ठूलो शक्ति भएको उनिहरुको धारणा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here