सामाजिक सञ्जालको आम्दानी घट्यो, फेसबुकलाई ८ खर्ब ६९ अर्ब नोक्सान

काठमाडौं । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरीले हत्या गरेपछि सामाजिक सञ्जालको आम्दानी घट्दो क्रममा रहेको छ ।

समाजमा घृणा फैलाउने विषयलाई रोक्न पछिल्ला केही सातादेखि ९० वटा कम्पनीहरुले फेसबुक, इन्टाग्राम र ट्विटरमा आफ्नो विज्ञापन बन्द गर्ने घोषणा गरेका थिए।

यसमा सबैभन्दा धेरै नोक्सान फेसबुकलाई भएको छ। यस निर्णयबाट फेसबुकका संस्थापक मार्क जुकरबर्गले एकैपटक ७.२ बिलियन डलर अर्थात करिब ८ खर्ब ६९ अर्ब ३३ करोड रुपैयाँ भन्दा बढी गुमाएका छन् ।

युनिलिभर कम्पनीले फेसबुक इंकबाट गर्दै आएको आफ्नो सोसल मिडिया विज्ञापनलाई हटाउँदाको प्रभावस्वरुप यति ठूलो घाटा व्यहोर्नुपरेको हो ।

विज्ञापन हट्दा फेसबुकको मार्केट शेयर शुक्रबारमात्रै ८.३ प्रतिशतले घटेको हो । यो गिरावट पछिल्लो तीन महिनायताकै सबैभन्दा ठूलो भएको बताइएको छ ।
त्यस्तै कोकाकोलाले पनि सबै समाजिक प्लेटफर्ममा आफ्नो विज्ञापनलाई ३० दिनसम्म रोक लगाउने निर्णय गरेको छ। विज्ञापनमा रोक लगाउने सिलसिलालाई होन्डा र अन्य साना ब्राण्डहरुले पनि सर्मथन गरेका छन्।

सिभिल राइट्स गुप्रले घृणायुक्त अभिव्यक्तिमाथि रोक लगाउन फेसबुकको विज्ञापनमा रोक लगाउन अपिल गरेसँगै विश्वका कम्पनीहरुले यसलाई सर्मथन गरिरहेका छन्। – एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here