अब उपत्यका बाहिरबाट काठमाडौं भित्रिन पाइने,यस्तो छ प्रक्रिया

काठमाडौं, १५ असार । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित पालिकाबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको छ।

स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वरेण्टीनमा बस्ने गरी पालिका र प्रहरीको सिफारिस लिएर आउन दिने निर्णय सीसीएमसीले गरेको हो ।

हवाई तथा स्थलमार्गबाट आउने सबैमा यो निर्णय लागू हुने छैन् । सीसीएमसीले क्वरेण्टीनमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ ।

आमा र बच्चा नेपाली नागरिकताधारी र बुवा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजीकरणका लागि निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here