राष्ट्रिय वाणिज्य बैंकले पायो ए प्लस रेटिङ्गस

काठमाडौं, १५ असार । राष्ट्रिय वाणिज्य बैंकले केयर रेटिङ्गस नेपालले गरेको रेटिङ्गसमा ए प्लस प्राप्त गरेको छ । जसले बैंकको कर्जा जोखिम न्यून रहेको जनाउँछ ।

केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी ५ अर्ब चार करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको र आर्थिक वर्ष २०७४/०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ ।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here