हवाई पार्किङ शुल्कमा ७५ प्रतिशत छुट, डिमरेज चार्ज पनि नलाग्ने

काठमाडौं, १९ असार । सरकारले हवाई जहाज पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराईले यस्तो जानकारी गराएका हुन्।

उनका अनुसार मन्त्रालयले बाहल आय, इजाजत तथा नवीकरण दस्तुरमा ५० प्रतिशत छुट दिन सरकार समक्ष तयारी गरेको छ । मन्त्रालयले लकडाउनमा अवधिमा लाग्ने डिमरेज चार्ज छुट दिएको छ ।

यस्तै, मन्त्रालयले हवाई कम्पनीहरुले प्राधिकरण तथा बोर्डलाई तिर्ने रकमको अवधि बढाएको छ भने सो अवधिमा रकम नबुझाए लाग्ने थप जरिवाना मिनाहा गरेको छ ।

मन्त्रालयले बजेटमा व्यवस्था गरिएको पुनरुत्थान तथा दिगो पर्यटन विकास कार्यक्रमका लागि २० करोड रकम व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here