रसियालाई उछिन्दै भारतमा विश्वमै बढी कोरोना संक्रमित भएको तेस्रो मुलुक

काठमाडौं, २२ असार । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ७ लाख नजिक पुगेको छ ।

आइतबार झन्डै २५ हजार नयाँ संक्रमित थपिएसँगै संख्या ६ लाख ९७ हजार ८ सय पुगेको हो ।

यो सँगै रसियालाई उछिन्दै भारत विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित भएको देश बनेको छ। भारतमा १९ हजार ७ सय जनाको मृत्यु भइसकेको छ भने ४ लाख २४ हजार ८ सय ९१ बिरामी निको भएका छन्।

वर्ल्डओमिटरकै तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म २९ लाख ८२ हजार ९ सय २८ जनालाई कोरोना संक्रमण भइसकेको छ। तीमध्ये १ लाख ३२ हजार ५ सय ६९ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ८९ हजार ५ सय ६५४ बिरामी निको भइसकेका छन्।

यसपछि विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित ब्राजिलमा छ।

जहाँ अहिलेसम्म कोरोना संक्रमितको संख्या १६ लाख ४ हजार ५ सय ८५ पुगेको छ भने तीमध्ये ६४ हजार ९ सयको मृत्यु भएको छ। संक्रमितमध्ये ९ लाख ७८ हजार ६ सय १५ जना निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here