ला लिगा: बार्सिलोनाको फराकिलो जित, उपाधि जित्न सम्भावना कति ?

काठमाडौं, २२ असार । स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियालमाथि चार एकको फराकिलो जित निकालेको छ ।

ला लिगाको दोस्रो स्थानको बार्सिलोनाले भिल्लारियललाई ४-१ गोलले पराजित गरेको हो । यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियालसँगको दूरी चार अंकमा झारेको छ ।

भिल्ला रियलको मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टोइन ग्रिजमन र अंन्सु फाटीले एक एक गोल गरे ।

जितपछि बार्सिलोनाले ३४ खेलबाट ७३ अंक जोडेको छ भने रियलको ७७ अंक छ।

लिगमा चार खेल बाँकी रहेको अवस्थामा बार्सिलोनाले उपाधि जित्न रियलले दुई खेलमा अंक गुमाउनु पर्नेछ भने बार्सिलोनाले सबै खेल जित्नु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here