बुधबार हुने रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

फाइलफोटो

काठमाडौं, २३ असार । बुधबार हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ ।

कोरोना भाइरस संक्रमण उपत्यकामा बढदै गएकाले गुठी संस्थान ललितपुरले भोलीका लागि निर्धारण गरिएको रथारोहण स्थगित गर्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार रथारोहण स्थगित गर्न निर्देशन दिइएको गुठी संस्थान ललितपुरले जानकारी दिएको छ ।

कोरोनाका कारण रोकिएको रथ निर्माणसँगै ज्योतिषले असार २४ गते रातो मच्छिन्द्रनाथको मूर्ति रथारोहण गर्ने साइत निकालेपछि सोही अनुसार तयारी गरिएको थियो ।

अव कोरोना संक्रमण कम भएपछि प्रशासनको परामर्शमा मात्रै रथारोहणको नयाँ साइत निकालिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here