सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं, २५ असार । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामै ९ सय रुपैयाँ बढेको हो ।

यो सँगै बिहीबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ९१ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।

आज चाँदीको भाउ पनि तोलामै २५ रुपैयाँ बढेर ९ सय ८० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि तोलामा ५ रुपैयाँ बढ्दै चाँदीको भाउ ९ सय ५५ रुपैयाँ कायम भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here